असोज १७, २०८३ शनिबार October 3, 2026

देशभर झण्डै १ लाख जनालाई क्वारेन्टिनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोरोना भाइरस संक्रमणको जोखिममा रहेका झण्डै १ लाख जनालाई क्वारेन्टिनमा राखिएका छन् । पछिल्लो समय भारतबाट फर्किनेहरुको संख्या बढेसँगै देशभर क्वारेन्टिनमा बस्नेहरुको संख्या बढेको हो । त्यस्तै देशभरका अस्पतालको आइसोलेसनमा उपचार गर्नेको संख्या पनि बढ्दै गएको छ ।

कोरोना जोखिम क्षेत्रबाट आएका ९९ हजार ३ सय ३६ जना देशका विभिन्न ठाउँको क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै प्रदेश ५ मा ३२ हजार ३ सय ७३ जना, सुदूरपश्चिम प्रदेशमा २५ हजार ७ सय ६५ जना, कर्णाली प्रदेशमा १७ हजार ५ जना क्वारेन्टिनमा छन् ।

त्यस्तै प्रदेश २ मा १६ हजार ६ सय ७८, प्रदेश १ मा २७ सय ४७, बागमती प्रदेशमा १९ सय ५४ र गण्डकी प्रदेशमा २८ सय १४ क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन । हाल एक हजार जना आइसोलेसनमा उपचाररत रहेको उनले बताएका छन् ।

प्रदेश १ मा १२३, प्रदेश २ मा ३८७, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा १८, प्रदेश ५ मा ३ सय ८३, कर्णालीमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा रहेका छन् । हालसम्म २ सय ६ जना डिस्चार्ज भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार
विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचन उम्मेदवार छनोट समिति
२०८३ असोज १७, शनिबार
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार