असोज १७, २०८३ शनिबार October 3, 2026

लोकन्थलीमा ड्रोन उडाएर कोरोना सम्वन्धी जनचेतना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैः भक्तपुरको मध्यपुर थिमी- १ मा ड्रोनले उडाएर कोरोना सम्बन्धी जनचेताना फैलाएको छ ।

कोरोनाको महामारी फैलिरहेको बेला मध्यपुरको लोकन्थलीमा यस वाट बच्ने उपाय, घर भाडा बस्नेहरुको विवरण वडा कार्यलयमा बुझाउन, अतिआवश्यक पसल विहान ९ वजेसम्म मात्र खोल्न र सामाजिक दुरी कायम गर्न अनुरोध सहितको अडियो रिकर्ड राखेर जनचेतना फैलाईएको मध्यपुर थिमी १ का वडाध्यक्ष सुरज खड्काले जानकारी दिए ।

लकडाउनको समयमा पनि अतिआवश्यक बाहेका पसलहरु खुल्ला गरिएको , विनाकमा पनि मानिसहरु बाहिर निस्कने गरेपछि ड्रोन मार्फत जनचेतना फैलाएको उनले बताए । ड्रोन उडाउन ललितपुरको कुपन्डोल स्थित पोकुरा ईनोभेसन प्रालीका गोकर्ण जङ थापाको नेतृत्वको टोलीले आज र भोली भोलिन्टिएर गरेको छ ।

उक्त टोलीका ईन्जिनियरहरु राम खनाल, शुशिल खड्का र साजन अमात्यले आज र भोली दैनिक ४ घण्टा ड्रोन उडाएर जनचेतना फैलाउन सहयोग गर्ने वडाध्यक्ष खड्काले जानकारी दिए ।

यसरी ड्रोन मार्फत जनचेतना फैलाउदाँ घरघरमा पनि गइरहन नपर्ने र सुरक्षित पनि हुने उनको भनाई थियो । दुई दिन ड्रोन उडाउन तीन लाख रुपैयाँ खर्च लाग्ने र यो सवै पोकुरा ईनोभेसनले नै व्यहोर्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार
विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचन उम्मेदवार छनोट समिति
२०८३ असोज १७, शनिबार
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार