असोज १७, २०८३ शनिबार October 3, 2026

त्रिदेशीय महाबु सडक स्तरोन्नतिमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने त्रिदेशीय महत्वको सडकलाई जिल्लामा प्राथमिकता दिइएको बताएका छन् ।

नेपालगञ्ज, सुर्खेत, दैलेखबजार, महाबुलेक, गाल्जे, भात्तडी, रत्तडा, नाग्म, गमगढी र नाग्चेनाग्लासम्मको सो सडक स्तरोन्नति कालोपत्रका लागि रु १८ करोड २१ लाख केन्द्र सरकारले विनियोजन गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दैलेखका अध्यक्ष शर्माले राससलाई जानकारी दिए ।

उल्लेख्य बजेट विनियोजन गर्ने तयारी हुँदाहुँदै पनि कोरोना सङ्क्रमणले मुलुक समस्यामा परेकाले चाहेजतिको बजेट विनियोजन गर्न नसकिएको पनि स्वास्थ्य र कृषिमा केही बजेट विनियोजन भएको शर्माको भनाइ छ । बाँकी कार्यकालभित्र जसरी पनि सडक कालोपत्र गरिसक्ने सांसद शर्माले दृढता व्यक्त गरे । उनले यस वर्ष मध्यपहाडी राजमार्गको दैलेख खण्डका बाँकी सबै सडक कालोपत्र हुने गरी सरकारले बजेट विनियोजन गरेको जानकारी दिए ।

गत वर्ष विनियोजन गरिएको बजेट दैलेखका लागि नआएपछि सांसद शर्माले आफ्नो क्षेत्र विकास कोषको छ करोड सबै महाबु सडक कालोपत्रका लागि विनियोजन गरेका छन् जसको ठेक्का स्वीकृति भई अहिले काम शुरु भइसकेको छ । काँडाचौरबाट कालोपत्रको काम शुरु गर्न नारायण नगरपालिकाअन्तर्गत तीन खण्डमा ठेक्का लिएको निर्माण कम्पनीले अहिले काम सञ्चालन गरिसकेको छ । सांसद शर्माले भने, “सदरमुकामको भविष्य निर्धारण गर्ने रणनीतिक महत्वको सडकको अबको दुई वर्षभित्र जसरी भए पनि महाबुलेकसम्म कालोपत्र हुन्छ ।

यो कार्य मेरो कार्यकालभित्रै सक्नेगरी काम गरेको छु ।” यसैबीच कोभिड–१९ को सङ्क्रमण दर बढ्दै गएको पछिल्लो अवस्थालाई ध्यानमा राखी सङ्घ र प्रदेशका सांसदले दैलेखमा पिसिआर मेशिन जडान गर्न पहल शुरु गरेका छन् ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार
विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचन उम्मेदवार छनोट समिति
२०८३ असोज १७, शनिबार
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार