असोज १७, २०८३ शनिबार October 3, 2026

दुर्घटना अपडेटः घाइते तथा मृतक सबैको पीसीआर रिपोर्ट नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके खण्डमा गएराती भएको दुर्घटनामा परेका ३३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

भारतबाट नेपालगञ्ज नाका हुँदै भित्रिएका ३३ जना ना ५ ख ५९९५ नम्बरको फोर्स गाडीमा सल्यानतर्फ जादै गर्दा ठुरिया जंगलमा दुर्घटना परेका थिए । दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका छन् ।

मृतक र घाइते सबैको सोमबार नै पीसीआर जाँच गरिएको हो । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएका १२ जनाको ठेगानासहित सनाखत भइसकेको छैन । प्रहरीका अनुसार, मृतक तथा घाइतेका आफन्तहरु आउने क्रम जारी रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार
विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचन उम्मेदवार छनोट समिति
२०८३ असोज १७, शनिबार
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार