असोज १७, २०८३ शनिबार October 3, 2026

विप्लव नेतृ उमा भुजेल रिहा लगत्तै पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी केन्द्रीय सदस्य उमा भुजेललाई बिहीवार जिप्रका ललितपुरले पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट पाँच हजार रुपैयाँ धरौटी तिरेर रिहा भएलगत्तै जिप्रका ललितपुरको टोलीले पक्राउ गरेको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा खेपी गोरखाबाट रिहा हुनेबित्तिकै उनलाई सोही मुद्दामा जिप्रका ललितपुरको पक्राउ पुर्जी थमाइएको थियो । गत पुस १२ गते सुनसरी जिल्लाबाट पक्राउ परेकी उनलाई यसैगरी झापा, धनुषा, कैलाली जिल्ला हुँदै बुधबार गोरखा पुराइएको थियो ।

उनी राजनीतिक गतिविधिमा प्रतिबन्धित विप्लव समूहको मेची-कोशी ब्यूरो प्रमुख तथा पोलिटव्यूरो सदस्य हुन् । १० वर्षे सशस्त्र विद्रोहका बेला २०५७ सालको चैत १७ गते उनको नेतृत्वमा ६ जना महिलाहरुले गोरखा जेल ब्रेक गरेर फरार भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार
विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचन उम्मेदवार छनोट समिति
२०८३ असोज १७, शनिबार
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार