भाद्र ११, २०८३ बिहिबार August 27, 2026

धितोपत्र बजारः नेप्से ३२ अङ्कले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३२.४२ अङ्कले बढेर एक हजार ३९४.७७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.८१ अङ्कले बढेर २९५.०६ मा पुगेको छ ।

आज कूल १८० कम्पनीका २९ लाख १४ लाख ५१८ कित्ता शेयर रु एक अर्ब चार करोड १७ लाख ७० हजार ८६७ मा खरिदविक्री भयो । आज कारोबार भएको १२ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४०.९९, व्यापार १३.९१, होटल १२.२६, विकास बैंक ६०.०५, जलविद्युत् ९.९२, वित्त १६.८२, निर्जीवन बीमा ७९.३७, उत्पादन ४५.५५, अन्य ६.७९, लघुवित्त ६.४८, जीवन बीमा १३४१.१५ र सामूहिक लगानी कोष ०.०३ अङ्कले बढेको छ ।

आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु नौ करोड ४१ लाख ७२ हजार ५६४ मा खरिदविक्री भयो । यस्तै एनएमबी बैंकको रु आठ करोड २७ लाख ५७ हजार ५०८, एनआईसी एशिया बैंकको रु पाँच करोड ६८ लाख २१ हजार ६७३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ५८ लाख ४८ हजार ३२८, नबिल बैंक लिमिटेड रु तीन करोड चार लाख १३ हजार १४६ र ग्लोबल आईएमई बैंकको शेयर रु दुई करोड ५१ लाख ३२ हजार ३५० मा खरिदविक्री भयो ।

आज सबैभन्दा बढी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.९६ प्रतिशतले कमाए । यस्तै मितेरी डेभलपमेन्ट बैंक ९.१२, लक्ष्मी बैंक ९.०९, पोखरा फाइनान्स ८.९०, रिलायन्स फाइनान्स ८.२६ र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.११ प्रतिशतले कमाए ।

ओरियन्टल होटल लिमिटेडका लगानीकर्ताले ६.३८ प्रतिशतले गुमाउँदा राधी विद्युत् कम्पनी ५.०३, नबिल ब्यालेन्स फण्ड–२ ३.८४, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.०३, स्वरोजगार लघुवित्त विकास बैंक ३.०३, युनाइटेड मोदी हाइड्रोपावर २.८८ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले २.८२ प्रतिशतले गुमाए ।- (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार
सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
२०८३ भाद्र ११, बिहिबार