भाद्र १३, २०८३ शनिबार August 29, 2026

भेरी अस्पतालका कम्प्युटर अपरेटर १६ लाख भन्दा बढी कमिशन लिदाँलिदै पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बाँके जिल्लास्थित भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई बिहीबार अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उनीमाथि अस्पतालको सामान खरिदमा १६ लाख १३ हजार ७५ रुपैयाँ कमिशन लिएको अभियोग लगाइएको छ ।

आयोग नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, स्रोत नखुलेको रकमसहित कम्प्युटर अपरेटर खनाललाई पक्राउ गरिएको छ । आयोगको टोलीले केही दिन अघि नेपालगञ्जस्थित घरेलु तथा साना उद्योग कार्यालयका एक अधिकृतलाई ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

यसैबीच, बाँके प्रहरीले प्रतिबन्धित औषधि कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले गए राति डुडुवा गाउँपालिका–१ पाजाबाट ६५ सिसी कोरेक्ससहित सोही स्थान बस्ने ३० वर्षीय आशिष अहिर र २७ वर्षीय राजकुमार यादवलाई पक्राउ गरेको हो ।

भारतबाट ल्याइएको उक्त प्रतिबन्धित औषधि कोरेक्स नष्ट गरी आवश्यक अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार
परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद
२०८३ भाद्र १३, शनिबार
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
२०८३ भाद्र १३, शनिबार
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
२०८३ भाद्र १३, शनिबार
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
२०८३ भाद्र १३, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौंको माग
२०८३ भाद्र १३, शनिबार
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार