असोज ५, २०८३ सोमबार September 21, 2026

पेट्रोल-डिजेलमा दुई रुपैयाँ मुल्यो बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल आयल निगमले आज मध्यराति देखि लागु हुने गरी इन्धनको मूल्य बढाएको छ । आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको भन्दै इन्धनको मूल्य वृद्धि गरेको जनाएको छ ।

निगमले शनिवार आज विज्ञप्ति जारी गरी पेट्रोल र डिजेल दुवैमा दुई रुपैयाँ प्रतिलिटरका दरले मूल्य वृद्धि भएको जानकारी दिएको हो । मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मुल्य समान ९० रुपैयाँ छ ।
गएको १५ दिनमा निगमले पेट्रोल र डिजेलमा घाटा व्यहोरेको छ । निगमका अनुसार १५ दिनमा पेट्रोल प्रति लिटर ३ रुपैयाँ र डिजेलमा झण्डै एक रुपैयाँ घाटा व्यहोरेको छ ।

निगमले मट्टीतेल, एलपी ग्याँस र हवाई इन्धनमा भने मूल्य यथावत राखेको छ । यी इन्धनमा निगम नाफामा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लागुऔषध ब्राउन सुगरसहित पाँच जना धनगढी प्रहरीको नियन्त्रणमा
२०८३ असोज ५, सोमबार
विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ
२०८३ असोज ५, सोमबार
नवलपरासीमा ट्रकको ठक्करबाट १८ महिने बालिकाको मृत्यु, आमा गम्भीर घाइते
२०८३ असोज ५, सोमबार
नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न
२०८३ असोज ५, सोमबार
‘प्रहरी कार्यसम्पादन मूल्याङ्कन’ अन्तर्गत मधेश प्रदेश प्रहरी कार्यालयको निरीक्षण
२०८३ असोज ५, सोमबार
एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै, यस्ता छन् एजेन्डा
२०८३ असोज ५, सोमबार
कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु
२०८३ असोज ५, सोमबार