असोज ५, २०८३ सोमबार September 21, 2026

युट्युबरलाई आचारसंहिता पालना गर्न संघको आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काटमाण्डाैंः युट्युब लगायत अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ ।

बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यवहार नगर्न र पत्रकार आचारसंहिताको ख्याल गर्न आग्रह गरेको हो ।

सङ्घका महासचिव राजु सुवेदीद्वारा जारी वक्तव्यमा तत्काललाई पत्रकार आचारसंहिता २०७३ नै पालना गर्न र चाँडै अनलाइन टिभी पत्रकार आचारसंहिता जारी गर्न लागिएको उल्लेख गरिएको छ ।

सङ्घले युट्युबरलगायत अनलाइन टिभी पत्रकारलाई सामाजिक दायित्व नभुलेर आफूलाई सुधार्दै लैजान आग्रह गरेको छ । सञ्चार कानूनले नयाँ माध्यमलाई सहजै समेट्न नसकेको र अर्कातर्फ नयाँ सञ्चार क्षेत्रमा क्रियाशीललाई सिक्ने÷सिकाउने र सङ्गठित हुने वातावरण पनि बनिनसकेकाले अन्योल रहँदै आएको वक्तव्यमा लेखिएको छ ।

गत वर्ष माघ २४ गते नेपालमा पहिलो पटक अनलाइन टिभी सञ्चालकको पहिलो राष्ट्रिय भेलामार्फत गठन भई दर्तासमेत भइसकेको अनलाइन टिभी पत्रकार सङ्घले सबै अनलाइन टिभी पत्रकारलाई सङ्घमा आबद्ध भएर यस क्षेत्रको शुद्धीकरण र सुदृढीकरणमा लाग्न आग्रह गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लागुऔषध ब्राउन सुगरसहित पाँच जना धनगढी प्रहरीको नियन्त्रणमा
२०८३ असोज ५, सोमबार
विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ
२०८३ असोज ५, सोमबार
नवलपरासीमा ट्रकको ठक्करबाट १८ महिने बालिकाको मृत्यु, आमा गम्भीर घाइते
२०८३ असोज ५, सोमबार
नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न
२०८३ असोज ५, सोमबार
‘प्रहरी कार्यसम्पादन मूल्याङ्कन’ अन्तर्गत मधेश प्रदेश प्रहरी कार्यालयको निरीक्षण
२०८३ असोज ५, सोमबार
एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै, यस्ता छन् एजेन्डा
२०८३ असोज ५, सोमबार
कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु
२०८३ असोज ५, सोमबार