असोज ६, २०८३ मंगलबार September 22, 2026

विप्लवका दुई कार्यकर्ता पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा काभ्रे जिल्लामा कार्यरत दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको रोशी गाँउपालिका वडा नं. ०५ को सिसाखानी छाप घर भई हाल भक्तपुर सुर्यविनायक लक्ष्मीमार्गमा बस्दै आएका विप्लवका दुई नेतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले बताए ।

उनका अनुसार प्रतिबन्धित नेकपा बिप्लव समूहका काभ्रे जिल्लाको जिल्ला सदस्य पदमा कार्यरत गंगा बहादुर मोक्तान र प्रेम लामा भन्ने प्रशान्त कुमार मोक्तानलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका नेताद्वयलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसुर अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसुर शिर्षकमा मुद्दा दर्ता गरेको छ ।

आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय काभ्रेबाट दिन ७ को म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्यलाई अगाडी बढाएको डिएसपी थापाले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोग्बेबीच न्यूयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार
हरिपरिवर्तिनी एकादशी आज, भगवान विष्णुको पूजा–आराधना गरिँदै
२०८३ असोज ६, मंगलबार
रास्वपा दोलखाले तोक्यो नौ वटै पालिकामा संयोजक
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री बालेन आज राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क जाँनुहुँदै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच न्युयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै
२०८३ असोज ६, मंगलबार