फागुण ४, २०८२ सोमबार February 16, 2026

एक महिने बिदेश यात्रा तय गर्दै पूर्वराजा थाइल्याण्ड प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पूर्वराजा ज्ञानेन्द्र शाह चार साता लामो भ्रमणको क्रममा   थाइल्याण्ड प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहले निजी कामको सिलसिलामा जान लागेको  सञ्चारकर्मीहरूलाइ बताएका छन् । प्रधानमन्त्री केपी शर्मा अोली बिदेश भ्रमणमा रहेका बेला पूर्वराजाको चार साता लामो थाइल्याण्ड भ्रमणलाइ निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

थाइल्याण्डको भ्रमण पुरा गरी उनी भदौ २२गते मात्र स्वदेश  फर्कने कार्यक्रम रहेको  छ ।  दिउसो साँढे एकबजे  बैंककतर्फ  प्रस्थान गरेका शाहले बैंककमा रहँदा सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्न सक्ने धेरैको अनुमान रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया