श्रावण २०, २०८३ बुधबार August 5, 2026

फागुन २१ गते चुनाव हुन्छ कि हुँदैन भन्ने अझै टुंगो छैनः केपी ओली

संसद् विघटनबारे सर्वोच्च अदालतले कानमा तेल हालेर बस्न नमिल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १७ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताएका छन् ।

आज (शनिबार) ओखलढुङ्गा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले उच्च पहाडी र हिमाली भेगमा चुनाव हुन गाह्रो रहेको बताएका हुन् । उनले ती भेगहरुमा मान्छे नै नभएको र भोट हाल्नको लागि हिमाल चढ्नजस्तोगरी कोही पनि नजाने बताएका हुन् ।

‘हिमाली भेगमा मान्छे नै छैन। मान्छे नै नभएको ठाउँमा बाक्सा थापेर के हुन्छ ? ४ हजार मान्छे भएको ठाउँमा ४ जनाले भोट हालेर के हुन्छ ? चुनावमा नाटक मात्रै हुन्छ,’– उनले भने ।

साथै, अध्यक्ष अ‍ोलीले संसद् विघटनबारे सर्वोच्च अदालतले कानमा तेल हालेर बस्न नमिल्ने बताए । संसद् पुनर्स्थापनाको मुद्दामा सर्वोच्चले चाँडै फैसला दिनुपर्ने उनको भनाइ छ ।

‘हामीले पुनर्स्थापनाको माग गरिरहेका छौँ त्यो सुन्दै नसुन्ने, संविधान मिचिएको छ भनिरहेका छौँ हामी। अदालतले बोल्नुपर्‍यो, संविधान मिचिएको छैन भने पनि मिच्न पाइन्छ भने पनि अदालतले भनेपछि हामी मान्छौँ,’– उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार