श्रावण २०, २०८३ बुधबार August 5, 2026

‘देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’ : प्रवक्ता चालिसे

आचारसंहिताअनुसार मात्र प्रचारप्रसारमा पार्टीको झन्डा प्रयोग गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेले देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउन नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने धारणा राख्नुभयो ।

“देशको विकास, नागरिक अधिकारको रक्षा र स्वतन्त्रताका लागि भरोसायोग्य नेतृत्व आवश्यक छ । अहिलेको अवस्थामा त झनै सचेत भएर निर्णय गर्नुपर्नेछ ।

नागरिक मत नै परिवर्तनको आधार हो, त्यो जिम्मेवार प्रतिनिधिलाई मत दिएर प्रयोग गर्न आवश्यक छ । मतदान गर्ने कुरा तरकारी किन्दा छनोट गरेजस्तो विषय हैन, ज्यादै ध्यान दिएर आफ्नो र देशको भविष्य बनाउने भरोसायोग्य नेता चयन गर्नुपर्ने छ । यसपटक त्यसमा सबै सचेत बनौँ”, प्रवक्ता चालिसेले भन्नुभयो ।

उहाँले आफ्नो पार्टीले जनअपेक्षाअनुसार घोषणापत्र तयार गरिरहेको जानकारी दिँदै त्यसमा सबैले अपनत्व महसुस हुने गरी दृष्टिकोण अगाडि सारिने बताउनुभयो । “हामी सबैको अपनत्व र सहभागिताको अनुभूति हुनेगरी छोटो र दीर्घकालीन दृष्टिकोण समेटिएको घोषणापत्र तयार गर्छौं, त्यसको तयारी हुँदैछ । केही दिनमा सार्वजनिक गरेर जनताका माझ पु¥याउँछौँ”, प्रवक्ता चालिसेले भन्नुभयो ।

उहाँले संयमित, व्यवस्थित र संस्कारयुक्त निर्वाचन प्रचार–प्रसारका लागि आग्रह गर्दै आचारसंहिताअनुसार मात्र प्रचारप्रसारमा पार्टीको झन्डा प्रयोग गर्न आग्रह गर्नुभयो ।

“आचारसंहिता उल्लङ्घन नहोस् भन्नेमा हामी सचेत छौँ । केन्द्रीय निर्वाचन परिचालन समितिले सबैलाई घर फर्किएर कांग्रेसलाई विजयी गराउन आग्रह गरेको छ, त्यसअनुसार सबै केन्द्रीय सदस्यलाई क्षेत्रमा खटाएइको छ । आआफ्नो क्षेत्रमा मर्यादित भएर पार्टीप्रति विश्वास जगाउने गरी खट्न, आचारसंहिताको पालना गर्न सचेत छौँ”, उहाँले भन्नुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार