श्रावण २०, २०८३ बुधबार August 5, 2026

डा. प्रकाशशरण महत पहिलो पटक जन्मथलोबाट प्रत्यक्ष चुनावी मैदानमा

अनुभव र विकासको एजेन्डासहित डा. महत नुवाकोट–१ बाट प्रतिनिधिसभा दौडमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं ।

नुवाकोट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचन यसपटक केवल उम्मेदवार चयनको प्रक्रिया मात्र नभई अनुभवी राष्ट्रिय नेतृत्वप्रति स्थानीय जनताको भरोसा कति गहिरो छ भन्ने महत्वपूर्ण परीक्षा बनेको छ । यही सन्दर्भमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अनुभवी नेता डा. प्रकाशशरण महतप्रति स्थानीय मतदाताको चासो र अपेक्षा बढ्दै गएको देखिन्छ ।

ऊर्जा, परराष्ट्र तथा अर्थमन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका डा. महत पहिलो पटक आफ्नै जन्मथलो नुवाकोटबाट प्रत्यक्ष निर्वाचनमा होमिएका हुन् । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका उनी नेपाल विद्यार्थी संघका महामन्त्री हुँदै कांग्रेसको केन्द्रीय नेतृत्वमा स्थापित भएका अनुभवी नेता मानिन्छन् ।

समानुपातिक सांसद तथा विभिन्न महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा रहँदा डा. महतले नीतिगत तहमा स्पष्ट पहिचान बनाएको कांग्रेस नेताहरूको भनाइ छ । ऊर्जा मन्त्रीका रूपमा विद्युत् उत्पादन, प्रसारण र पहुँच विस्तारमा खेलेको भूमिकालाई महत्वपूर्ण मानिन्छ भने अर्थमन्त्री हुँदा बजेट व्यवस्थापन, विकास प्राथमिकता र अर्थतन्त्र सुधारका विषयमा लिएको नेतृत्वलाई सकारात्मक रूपमा हेरिएको छ ।

प्रत्यक्ष निर्वाचनमा जानुअघि नै नुवाकोटसँग सम्बन्धित पूर्वाधार विकासका योजनामा पहल गर्दै उनले बालाजु–रानीपौवा र गगटे–गोल्फुभञ्ज्याङ सडकजस्ता महत्वपूर्ण परियोजनाका लागि बजेट सुनिश्चित गराएको बताइन्छ । यी योजनालाई नुवाकोटको दीर्घकालीन विकाससँग जोडेर हेरिएको छ ।

स्थानीयवासीहरूका अनुसार राष्ट्रिय नीति निर्माण तहमा अनुभव भएका नेताको प्रत्यक्ष प्रतिनिधित्वले जिल्लाको विकासले नयाँ गति लिन सक्ने अपेक्षा गरिएको छ । “केन्द्रमा प्रभाव राख्ने नेतृत्व भएमा नुवाकोटका योजना कागजमै सीमित हुँदैनन्,” स्थानीय मतदाताहरूको भनाइ छ ।

पार्टीभित्र एकताबद्ध समर्थन, लामो राजनीतिक अनुभव र नीतिगत योगदानका आधारमा डा. महतलाई नुवाकोट–१ मा जितका बलिया दावेदारका रूपमा हेरिएको छ । यो निर्वाचनलाई धेरैले नुवाकोटलाई विकाससँगै राष्ट्रिय नेतृत्वसँग थप मजबुत रूपमा जोड्ने अवसरका रूपमा लिएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यसपटकको चुनावमा मतदाताले नाराभन्दा अनुभव र परिणाम दिने नेतृत्वलाई प्राथमिकता दिने संकेत देखिएको छ । यही कारण नुवाकोट–१ मा डा. प्रकाशशरण महतको उम्मेदवारीलाई अर्थपूर्ण र प्रभावशाली रूपमा हेरिएको विश्लेषण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार