श्रावण २०, २०८३ बुधबार August 5, 2026

नियमितता र पारदर्शिताको अभावको विरोधमा कांग्रेसको तालाबन्दीपछी मिक्वाखोला गाउँपालिका ठप्प

भ्रष्टाचार र कर्मचारी निष्कासनको आरोपमा मिक्वाखोला गाउँपालिकामा कांग्रेसद्वारा ताला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फुङलिङ, माघ २१ गते। नेपाली कांग्रेस मिक्वाखोला गाउँपालिका कमिटीले गाउँपालिकाको कार्यालयमा ताला लगाएको छ।

कर्मचारीलाई बर्खास्त गरिएको, अनियमितता एवं भ्रष्टाचार भएको भन्दै गाउँपालिकामा बुधबार कोण सभा गर्दै कांग्रेसले ताला लगाएको हो।

प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरेर लेखिएको पत्रमा यस अघि नै गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई उक्त विषयमा ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ। साथै बिना कसुर कर्मचारी निष्कासन गरिएको, चरम भ्रष्टाचार हुँदै आएको, पालिका नेतृत्वको घमण्डले चरम सीमा नाघेको जनाइएको छ।

त्यस्तै हाइड्रो कम्पनीले दिने सामाजिक उत्तरदायित्वको बजेटमा अनियमितता देखिएको , विकासका योजना पारदर्शी नभएको उल्लेख गरिएको छ। कोण सभालाई सम्बोधन गर्दै  कांग्रेस गाउँपालिका उपसभापति दिपेन्द्र लिम्बूले वार्ता र संवाद नगरी ताला तोडिए चरणबद्ध आन्दोलन गर्ने  बताउनुभयो।

गाउँपालिकामा ताला लगाइएपछि गाउँपालिकाबाट प्रवाह हुने सेवा ठप्प रहेको प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमले जानकारी दिनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार