श्रावण २०, २०८३ बुधबार August 5, 2026

पृथकतावादी धर्मगुरु रिम्पोछेको नेपाल आगमनप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको आपत्ति

अध्यक्ष टासी फोन्चो गुरुङमाथि कडा कारबाही र रिम्पोछेलाई तत्काल नेपाल छाड्न आदेश दिन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पृथकतावादी धर्मगुरु रिम्पोछेको नेपाल आगमनको उद्देश्यलाई लिएर ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आपत्ति जनाएको छ । यसले नेपालको एक चीन नीतिमा प्रश्न उठाएको मोर्चाको भनाइ छ ।

मोर्चाद्वारा जारी विज्ञप्ति अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरी २९ मा पृथक्तावादी धर्मगुरु रिम्पोछे अवतरण भएका थिए । ‘डोल्पो समाज’ नामक संस्थाले रिम्पोछेलाई १० दिन लामो प्रवचन कार्यक्रममा आफूखुसी आमन्त्रण गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘एक हप्ता बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट उक्त संस्थामाथि कुनै कारबाही नहुनुले यसमा सरकारी समर्थन रहेको स्पष्ट हुन्छ,’ मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भनेका छन्, ‘एक चीन नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको नेपालले तिब्बतको स्वतन्त्रताको कट्टर पक्षधर रिम्पोछेलाई आमन्त्रण गर्न सहमति दिनु सरासर चीनविरोधी खेमामा उभिनु हो ।’

नेपाल सरकारको यो दुई जिब्रे व्यवहारबाट नेपाली आकाशमा अविश्वास र षड्यन्त्रको बादल मडारिएको विज्ञप्तिमा जनाइएको छ । मोर्चाले डोल्पो समाज नामक संस्थाको दर्ता खारेज गरी त्यसका अध्यक्ष टासी फोन्चो गुरुङमाथि कडा कारबाही र रिम्पोछेलाई तत्काल नेपाल छाड्न आदेश दिन माग गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार