श्रावण २०, २०८३ बुधबार August 5, 2026

हरिबोललाई तीन पटक आग्रह गर्दा पनि चुनाव नलडेपछि टिकट राजन दाहाललाई : प्रचण्ड

पार्टी अनुशासन र निर्णयको सम्मान सबैले गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरिबोल गजुरेललाई सिन्धुली–१ बाट चुनाव लड्न पटक–पटक आग्रह गर्दा पनि अस्वीकार गरेपछि परिस्थितिवश पार्टीले कारबाही गर्नुपरेको स्पष्ट पार्नुभएको छ।

सिन्धुली पुगेका संयोजक प्रचण्डले पार्टीभित्रका आन्तरिक समस्या नयाँ नभई विगतदेखि नै रहँदै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार उम्मेदवारी मनोनयनअघि आफूले तीन पटकसम्म हरिबोल गजुरेललाई चुनाव लड्न आग्रह गरे पनि उहाँले अस्वीकार गर्नुभएको थियो।

‘मैले तीन पटकसम्म उहाँलाई चुनाव लड्नुस् भनेर भनेँ, तर उहाँले म चुनाव लड्दिनँ भन्नुभयो,’ प्रचण्डले भन्नुभयो, ‘त्यसपछि सिन्धुली–१ बाट हरिबोल गजुरेल र राजन दाहाल गरी दुई जनाको मात्रै नाम सिफारिस भयो। हरिबोलजीले चुनाव नलड्ने निर्णय गरेपछि राजन दाहाललाई टिकट दिइयो।’

प्रचण्डका अनुसार त्यसपछि पनि समस्या समाधान गर्ने उद्देश्यले आफू र सहसंयोजक माधव नेपालले काठमाडौंमै हरिबोल गजुरेल, महेश्वर दाहाल र राजन दाहाललाई बोलाएर छलफल गरे पनि सहमति जुट्न सकेन।

‘उहाँहरूले उठाएको विषयमा राजनजीले आत्मालोचना गर्नुपर्छ भनेर मैले नै भनेको हुँ,’ प्रचण्डले थप्नुभयो, ‘कार्यशैलीमा केही कमजोरी छन् भने लिखित रूपमा पनि आत्मालोचना गर्नुपर्ने कुरा भयो। हरिबोलजीले प्रस्तावकबाट पछि हटिदिनु भयो भने समस्या समाधान हुन्छ भन्ने हाम्रो बुझाइ थियो, तर उहाँहरू त्यसमा तयार हुनुभएन।’

पार्टीको निर्णय नमानेर बागी उम्मेदवारीको प्रस्ताव बनेपछि बाध्य भएर कारबाही प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ। प्रचण्डले पार्टी अनुशासन र निर्णयको सम्मान सबैले गर्नुपर्नेमा जोड दिनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार