श्रावण २०, २०८३ बुधबार August 5, 2026

एमाले अध्यक्ष ओली घरदैलो अभियानमा

चुनावपछिको विकास र समृद्धि सुनिश्चित गर्न योगदान दिन ओलीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमक, माघ २४ गते। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदाता र स्थानीय जनताको विचार तथा माग सुन्न घरदैलो अभियानमा लाग्नुभएको छ।

एमालेले पार्टीको तर्फबाट स्थानीय क्षेत्रको प्रतिबद्धतापत्र र घोषणापत्र तयार गर्नु अघि, स्थानीय जनताको आवाज संकलन गर्न ओलीले सक्रिय पहल गर्नुभएको पार्टीका स्रोतले जनाएका छन्। शनिबार उहाँ कमल गाउँपालिकाका विभिन्न चोक र बजारमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्नुभएको हो।

ओलीले स्वागतका लागि उपस्थित स्थानीयहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “म आज मेरा कुरा सुनाउन होइन, तपाईंहरूको कुरा सुन्न आएको हुँ। सबैका भावना र माग समेटेर हामी मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटेका छौँ।”

उहाँले झापा–५ क्षेत्रको विकासमा आफूले कहिल्यै कञ्जुस्याइँ नगरेको र आवश्यकताअनुसार पहल गर्दै आएको स्पष्ट पार्नुभयो। त्यसैगरी, राष्ट्रिय राजनीतिमा केन्द्रमा रहँदा आफ्नो निर्वाचन क्षेत्रमा बारम्बार उपस्थित हुन नपाएको कारण जनताको समस्यामा प्रत्यक्ष ध्यान दिन कठिन भएको बताउनुभयो।

ओलीले मतदातालाई चुनावपछिको विकास र समृद्धि सुनिश्चित गर्न योगदान दिन आग्रह गर्दै भन्नुभयो, “अब देशलाई समृद्ध बनाउने सपना साकार पार्न यहाँहरूको सहभागिता अत्यावश्यक छ। कसैले भ्रम वा डर सिर्जना गरेर मार्ग रोक्न सक्दैनन्।”

उहाँले आफूले नेतृत्व गर्दा धेरै कामहरू भएको र जनताको विश्वासकै कारण कसैको शिर झुकाएको छैन भन्नुभयो। तर उहाँले केही मतदातामा नकारात्मक सोच रहेको र विकासको पक्षमा नभएको पनि औंल्याउनुभयो। “यहाँ विकास भएन भने केहि भएन भन्छन्, विकास भयो भने यहाँ मात्रै भयो भन्छन्। नकारात्मक सोच भएका व्यक्तिहरूले जे गरे पनि विरोध गर्ने अभ्यास गर्छन्,” ओलीले भने।

एमाले झापा क्षेत्र नं. ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले बताए अनुसार, ओलीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग घरदैलोमा गएर समस्या सुन्ने र सुझाव संकलन गर्ने अभियान केही दिन निरन्तर सञ्चालन गर्नेछन्। यस क्रममा स्थानीयले आफ्ना कुरा स्पष्ट रूपमा राख्न सक्ने वातावरण सुनिश्चित गरिएको समितिले जनाएको छ।

यो कदमले मतदातासँग प्रत्यक्ष संवाद कायम गर्दै पार्टीको घोषणापत्रलाई स्थानीय आवश्यकतासँग मेल खाने बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार