श्रावण २०, २०८३ बुधबार August 5, 2026

सोलु कांग्रेसले काठमाडौंमा शनिवार निर्वाचन लक्षित कार्यक्रम गर्ने

सोलुखुम्बुबाट काठमाडौं आइ अस्थायी बसोबास गर्ने सम्पूर्ण मतदातासंग अन्तरक्रिया गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं,२९ माघ । नेपाली कांग्रेस सोलुखुम्बुले काठमाडौंमा निर्बाचन लक्षित कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्बाचनलाई लक्षित गर्दै कांग्रेसले फागुन २ गते भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए ।

नेपाली कांग्रेसबाट सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रकाशसिंह कार्की तथा समानुपातिक तर्फ रिना उप्रेती र गीता गुरुङ छन् । पार्टीका उम्मेदवारहरुलाई बहुमतका साथ बिजयी गराउने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरिएको सभापति शेर्पाको भनाई छ ।

नवदुर्गा पार्टी भेन्यु सुकेधारा हुने सो कार्यक्रममा सोलुखुम्बुबाट काठमाडौं आइ अस्थायी बसोबास गर्ने विभिन्न पेशा ब्यवसाय र रोजगारीमा संलग्न सम्पूर्ण मतदातासंग नेपाली कांग्रेस सोलुखुम्बुका नेताहरू र प्रस्तावित उमेदवारबीच भेटघाट,परिचय तथा अन्तरक्रिया गरिने निर्बाचन परिचालन मूल समितिका संयोजक समेत रहेका शेर्पाले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार