काठमाडौं, ०१ फाल्गुन । आम जनता पार्टी (आजपा)ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि घोषणापत्र लेखनकार्य सम्पन्न भइसकेकाले पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गर्न लागिएको हो ।
काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा बिहान ११ बजे पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरिने आजपा कार्यालय सदस्य रविन्द्र सिंहले जानकारी दिए ।
आजपा अध्यक्ष प्रभु साह, नेता ऋषी धमला लगायतको उपस्थितिमा घोषणापत्र सार्वजनिक हुने कार्यक्रम रहेको छ । लुटकारी व्यवस्था, दलाल दलतन्त्र, भ्रष्टाचार तथा कर आतंकविरुद्ध संघर्ष गर्दै आएको आजपाले शासन व्यवस्थामा आम जनताको सहभागिता सुनिश्चित गर्न आन्दोलन गर्दै आएको जनाएको छ ।
वर्तमान व्यवस्था नै मुलुकको अवस्थाको कारण रहेको निष्कर्षसहित आन्दोलनरत आजपाले जेन–जी आन्दोलनलाई समर्थन गर्दै त्यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिएको छ । अध्यक्ष साहले भ्रष्टाचारविरुद्ध कडा कारबाही हुनुपर्ने बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया