श्रावण २०, २०८३ बुधबार August 5, 2026

जसपा नेपालद्वारा चुनावी घोषणापत्र सार्वजनिक

निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गर्दै जसपा नेपालको परिवर्तनको एजेन्डा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाली समाजको समग्र अर्थ–राजनीतिक रूपान्तरणलाई केन्द्रमा राख्दै आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूले घोषणापत्र सार्वजनिक गर्दै संविधान, शासन व्यवस्था र सामाजिक न्यायका विषयमा व्यापक पुनरावलोकन आवश्यक रहेको बताएका छन्।

घोषणापत्रमा विभिन्न जनआन्दोलन र मधेस आन्दोलनलगायतका संघर्षबाट मुलुकमा राजनीतिक परिवर्तन भए पनि संघीय पुनर्संरचना, शासकीय स्वरूप, समान जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, निर्वाचन प्रणाली, न्याय प्रणाली तथा सामाजिक न्यायको कार्यान्वयनका विषयमा अझै त्रुटि र अपूर्णता रहेको उल्लेख गरिएको छ।

पार्टीले विद्यमान संविधानलाई पूर्णता दिई सर्वस्वीकार्य बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष यादवले सत्ताको दुरुपयोगमार्फत शक्ति आर्जन गर्ने प्रवृत्तिले राजनीतिक अस्थिरता बढाएको आरोप लगाउँदै अपूर्ण संविधानलाई संशोधन र सुधारमार्फत परिमार्जन गरिने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार