ललितपुर, ४ फागुन । गोदावरी नगरपालिका वडा नम्बर १३ का नेकपा एमालेका पूर्व इकाई सचिव मनोज खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
अनेरास्ववियु अखिल तथा युवा सङ्घमा विभिन्न जिम्मेवारी सम्हालिसकेका खड्काले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार तथा नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणा ले आज घरदैलो कार्यक्रमका क्रममा खड्कालाई पार्टीमा स्वागत गरेका हुन्।
यस अवसरमा सहमहामन्त्री राणाले खड्का जस्ता सक्रिय र जिम्मेवार युवा नेताको कांग्रेस प्रवेशले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
उनले खड्काजी लगायत पार्टीमा प्रवेश गर्ने सबै साथीहरूलाई पार्टीभित्र उहाँहरूको क्षमता र अनुभवअनुसार उचित जिम्मेवारी र अवसर प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया