काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी का महासचिव ऋषि कट्टेल पक्राउ परेका छन्। निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले कीर्तिपुरबाट पक्राउ गरेको हो।
कार्यालयका अनुसार निर्वाचनको समयमा अवाञ्छित गतिविधि तथा अवरोध सिर्जना गर्ने प्रयासबारे प्राप्त सूचनाका आधारमा निगरानी बढाइएको थियो। सोही क्रममा कट्टेललाई नियन्त्रणमा लिइएको जनाइएको छ।
यसअघि पनि सोही प्रकरणमा उक्त पार्टीसँग आबद्ध अन्य तीन जना कार्यकर्ता पक्राउ परिसकेका छन्। यससँगै पक्राउ पर्ने संख्या चार पुगेको प्रहरीले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया