श्रावण २०, २०८३ बुधबार August 5, 2026

रास्वपामा पहिरो : बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले छाडे पार्टी

उम्मेदवार छनोट प्रक्रिया पार्टीको विधान, स्थापित मापदण्ड र आन्तरिक लोकतान्त्रिक अभ्यासविपरीत सञ्चालन गरिएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पद तथा साधारण सदस्यताबाट राजीनामा दिएका छन्। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईँले बिहीबार दिएको राजीनामा पत्रमा पार्टीभित्र संरचनागत विकृति बढ्दै गएको, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको तथा आर्थिक अपारदर्शिता देखिएको उल्लेख गरेका छन्। नेतृत्व तहमा नैतिक विचलन देखा परेको भन्दै उनले यस्तो परिस्थितिमा आफू निरन्तर रहन नसक्ने निष्कर्षमा पुगेको जनाएका छन्।

उम्मेदवार छनोट प्रक्रिया पार्टीको विधान, स्थापित मापदण्ड र आन्तरिक लोकतान्त्रिक अभ्यासविपरीत सञ्चालन गरिएको आरोप उनले लगाएका छन्। लामो समयदेखि पार्टीमा सक्रिय र समर्पित कार्यकर्तालाई उपेक्षा गर्दै अन्य दलबाट आएका व्यक्तिलाई प्राथमिकता दिइएको उनको दाबी छ। हुमागाईँले प्रतिनिधि सभा निर्वाचनका क्रममा अनुभव र क्षमता भन्दा बाह्य प्रचारमुखी छवि भएका व्यक्तिलाई प्राथमिकताका आधारमा उम्मेदवार बनाइएको आरोपसमेत लगाएका छन्।

पार्टीको संगठन विस्तार भए पनि यसको प्रक्रिया, मापदण्ड र औचित्यमा पारदर्शिता नदेखिएको उनले बताएका छन्। राजीनामा पत्रमा उनले पार्टीको निर्णय प्रक्रिया विधि र सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित बन्दै गएको उल्लेख गरेका छन्। सदस्यता शुल्क र उम्मेदवार आवेदन शुल्कबाट ठूलो रकम सङ्कलन गरिए पनि त्यसको स्पष्ट लेखाजोखा सार्वजनिक नगरिएको, साथै प्रदेश तथा पालिका तहमा वितरण हुने भनिएको रकमबारे पनि पारदर्शिता अभाव रहेको उनको आरोप छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार