काठमाडौं । चार पार्टी आबद्ध रहेको केन्द्रीय संयुक्त संघर्ष समितिले नेताद्वय धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई तत्काल रिहा गर्न माग गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त संघर्ष समितिको बैठकले नेताद्वयलाई तत्काल रिहा गर्न माग गरेको हो।
बैठकले दुई चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय समेत गरेको छ।
पहिलो चरणअन्तर्गत फागुन ८ देखि १२ गतेसम्म गाउँ, टोल र वडास्तरमा पर्चा वितरण, घरदैलो तथा कोणसभा गर्ने कार्यक्रम तय गरेको छ।
दोस्रो चरणमा फागुन १३ देखि १८ गतेसम्म स्थानीय अनुकूलताअनुसार इटहरी, जनकपुर, चितवन, काठमाडौं, बुटवल, दाङ, बर्दिया, धनगढीलगायतका शहरहरूमा बहिष्कार सभा आयोजना गर्ने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया