श्रावण २०, २०८३ बुधबार August 5, 2026

राजेन्द्र लिङ्देनले गरे नाउपा नेता धनिराम चौधरीलाई राप्रपामा स्वागत

रुपन्देही–१ मा समीकरण फेरियो, चौधरी राप्रपामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

गत प्रतिनिधिसभा निर्वाचनमा नाउपाबाट रुपन्देही जिल्ला क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका चौधरीले यसपटक राजनीतिक बाटो परिवर्तन गर्दै राप्रपाको सदस्यता लिएका हुन्। उनले ‘ढकिया’ चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्दै १३ हजार ९९२ सदर मत प्राप्त गरेका थिए।

भैरहवामा आयोजित एक कार्यक्रमबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चौधरीलाई पार्टीमा स्वागत गरेका हुन्। चुनावी अभियानका सिलसिलामा रुपन्देही र नवलपरासी जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन भैरहवा पुगेका लिङ्देनले चौधरीको प्रवेशले पार्टीलाई स्थानीय तहमा थप मजबुती मिल्ने विश्वास व्यक्त गरे।

राप्रपाले चौधरीको आगमनले रुपन्देही–१ मा चुनावी समीकरण आफ्नो पक्षमा बलियो हुने अपेक्षा गरेको जनाएको छ। सो क्षेत्रमा राप्रपाबाट प्रज्वल बोहोरा उम्मेदवार रहेका छन्। प्रज्वल, राप्रपाका दिवंगत नेता दिपक बोहोराका सुपुत्र हुन्।

चौधरीको पार्टी प्रवेशलाई आगामी निर्वाचन लक्षित रणनीतिक कदमका रूपमा हेरिएको छ। रुपन्देही–१ क्षेत्रमा विभिन्न दलबीच प्रतिस्पर्धा चर्किँदै गइरहेका बेला चौधरीको निर्णयले स्थानीय राजनीतिक समीकरणमा प्रभाव पार्ने विश्लेषण गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार