श्रावण २०, २०८३ बुधबार August 5, 2026

नेकपाले दमन र तोडफोडका प्रवृत्ति विरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक प्रचण्ड

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना निर्माणको नेतृत्व नेकपाकै अगुवाइ नै भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन माग गर्ने युवामाथि दमन गर्ने र मुलुकको राजनीतिक तथा संवैधानिक संस्थामाथि आगजनी गर्ने प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजाने सङ्कल्प बोकेको बताउनुभएको छ ।

नेकपा दोलखा–काठमाडौँ सम्पर्क निर्वाचन परिचालन समितिद्वारा आज राजधानीमा आयोजित चुनावी सन्देश सभालाई सम्बोधन गर्दै उहाँले इतिहासको कठिन र चुनौतीपूर्ण घडीमा नेकपा राष्ट्र र जनतालाई बचाइराख्ने र दुई अतिवादका विरुद्ध लडेर देशलाई सन्तुलित विकासतर्फ लैजाने दृढताका साथ अघि बढेको बताउनुभयो ।

कार्यक्रममा दोलखा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार विशाल खड्काले समृद्ध दोलखा निर्माणको अभिभारा पूरा गर्न आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना निर्माणको नेतृत्व नेकपाकै अगुवाइ नै भएको उल्लेख गर्दै उहाँले नेकपाले नै जनअपेक्षा पूरा गर्ने जिकिर गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार