काठमाडौं। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोड्ने क्रम बढेको छ। निर्वाचनको मुखमा रास्वपाका नेताहरु एकपछि अर्को गर्दै पार्टी छोड्न थालेका हुन्।
यसैबीच रास्वपा मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई सर्लाहीमा पार्टी सभापति गगन थापाले कांग्रेसमा स्वागत गरेका हुन्।
पराजुलीले साेमबार बिहान मात्र रास्वपा मकवानपुर सभापति पद त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टीमा काम गर्नेको भन्दा आर्थिक हैसियत हुनेहरुको बोलवाला भएको उनको छ। आज रास्वपाले मकवानपुरको हेटौंडामा सभा गर्दैछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया