काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना पछिल्लो अपडेट अनुसार नेपाली काँग्रेसका अभिशेष प्रताप शाहले फराकिलो अग्रता लिएका छन् ।
महाराजगञ्ज ५ र ६ को गणना सकिँदा शाहले १,८९०, रास्वपाका प्रकाश रजौरिया ५९३, एमालेका वीरेन्द्र कनोडियाले ४५९ मत प्राप्त गरेको बताइएको छ ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका इश्वर दयाल मिश्राले ४५६, नेकपाका एहसान खानले ५२ मत प्राप्त गरेको जानकारी दिइएको छ । अब महाराजगञ्ज ७ को मत गणना हुँदैछ ।
दुई वटा मतदान केन्द्रको खसेको मत ३,८३६ मा २४९मत बदर भएको पाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया