श्रावण २०, २०८३ बुधबार August 5, 2026

नुवाकोट–१ मा रास्वपाका डा. विक्रम तिमिल्सिना विजयी, महत पराजित

२२ हजार बढी मतसहित नुवाकोट–१ बाट विक्रम तिमिल्सिना निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. विक्रम तिमिल्सिना विजयी भएका छन्। आइतबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले १८ हजार ५९७ मत प्राप्त गर्दै पराजित भएका छन्। तिमिल्सिनाले महतलाई करिब चार हजारभन्दा बढी मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हितबहादुर तामाङले १३ हजार ३७७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका बद्री मैनालीले ८ हजार ९३२ मत ल्याएका छन्।

नुवाकोट–१ मा यसपटक प्रमुख राजनीतिक दलबीच कडा प्रतिस्पर्धा देखिए पनि मतगणनाको अन्तिम चरणमा रास्वपाका तिमिल्सिनाले अग्रता कायम राख्दै अन्ततः विजय हासिल गरेका हुन्। यससँगै रास्वपाले नुवाकोट जिल्लाको दुवै क्षेत्रमा प्रतिनिधिसभातर्फ महत्वपूर्ण सफलता हात पारेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया