श्रावण २०, २०८३ बुधबार August 5, 2026

बालेन प्रधानमन्त्री बन्ने सम्भावनामा मोर्चाको स्वागत

सबै समुदायको अधिकार सुनिश्चित हुने गरी सरकार सञ्चालन हुने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चा ले बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु उत्पीडित समुदायका लागि हर्षको विषय भएको जनाएको छ।

संघीय लोकतान्त्रिक मोर्चाले भन्याे- बालेनलाई प्रधानमन्त्री पाउनु हर्षकाे विषयशुक्रबार काठमाडौंमा महन्थ ठाकुर को अध्यक्षतामा बसेको मोर्चाको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेनले प्राप्त गरेको व्यापक जनसमर्थनलाई स्वागत गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो। बैठकपछि जारी गरिएको विज्ञप्तिमा बालेनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु मधेशी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायका लागि गौरव र खुसीको विषय भएको उल्लेख गरिएको छ।

मोर्चाले बालेनको जितलाई मधेशी, थारु लगायत उत्पीडित जनताको लामो समयदेखिको संघर्ष, सपना र बलिदानको परिणामका रूपमा चित्रित गरेको छ। मोर्चाका अनुसार देशको कार्यकारी नेतृत्वमा उत्पीडित समुदायबाट प्रतिनिधित्व हुनुपर्ने आकांक्षा अब मूर्तरूप लिने संकेत देखिएको छ।

जनता समाजवादी पार्टी नेपाल का संरक्षक ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “मधेशी सपूत मा. बालेन्द्र शाह (बालेन) को नेतृत्वलाई आम जनताले व्यापक जनसमर्थन प्रदान गरेकोले उहाँलाई प्रधानमन्त्रीको रूपमा देख्न पाउनु हामी लामो समयदेखि संघर्षरत मधेशी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायका लागि हर्षको विषय हो।”

मोर्चाले बालेनको नेतृत्वमा गठन हुने सम्भावित नयाँ सरकारले मधेशका पुराना तथा थाती रहेका राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरूलाई सम्बोधन गर्ने अपेक्षा समेत व्यक्त गरेको छ। साथै नेपाली जनताले विगतमा गरेका संघर्ष र बलिदानबाट स्थापित गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशिता लगायत उपलब्धिहरूलाई नयाँ सरकारले थप संस्थागत गर्ने विश्वास पनि मोर्चाले व्यक्त गरेको छ।

मोर्चाका नेताहरूले आगामी दिनमा समावेशी शासन व्यवस्था सुदृढ गर्दै सबै समुदायको अधिकार सुनिश्चित हुने गरी सरकार सञ्चालन हुने अपेक्षा राखेका छन्।

9-0OUdc--1773406564.jpeg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया