श्रावण २३, २०८३ शनिबार August 8, 2026

संसदमा संविधानविपरीत बहस

न्यायालयको विषय प्रवेश गराएको प्रति एमालेको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अदालतमा विचाराधीन विषय र न्यायाधीशहरूको काम कारबाहीबारे प्रश्न उठाउन नपाइने संवैधानिक व्यवस्थाको सत्तापक्षकै सांसदहरूले उल्लंघन गरेका छन् । कायममुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार संवैधानिक परिषद्को निर्णयविरुद्धको रिटलाई दर्ता गर्न आदेश दिएको विषयलाई लिएर सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसदहरूले आपत्ति जनाएका हुन् । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माविरुद्धका दरपीठ रिट दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको आदेशको तरंग सदनमा समेत पुगेको हो ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका विषयमा दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश प्रधानले दिएको आदेशप्रति रास्वपाका सांसदहरूले आपत्ति जनाएका छन् । रास्वपा सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश प्रधानको आदेशप्रति प्रश्न उठाउनुभएको छ । अदालतको आफ्नो मर्यादा र सीमा भए पनि कामु प्रधानन्यायाधीशको आदेश संविधानविपरीत रहेको दाबी गर्दै सांसद न्यौपानेले भन्नुभयो, ‘सर्वोच्चका कामु प्रधानन्यायाधीशको आदेश मिडियामा आएको छ, इजलास संयुक्त हो कि, एकल हो कि, पूर्ण इजलास हो ? संविधानको कुन धाराले गाइड गरेको इजलास हो, यहाँ देखिन्न ।’

रास्वपाकै अर्का सांसद समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश प्रधानले रिट निवेदकलाई डेलिगेसन बोलाएर दरपीठ भएका रिट दर्ता गर्न निर्देशन दिएको आरोप लगाउनुभयो । राजनीति गर्ने भए न्यायाधीशको कोट खोलेर आउन चुनौती दिँदै समानुपातिकबाट निर्वाचित सांसद बास्कोटाले भन्नुभयो, ‘कामु प्रधानन्यायाधीश आफैँले डेलिगेसन बोलाएर दर्ता गर्ने आदेश दिनु कत्तिको न्यायोचित छ ? कामु प्रधानन्यायाधीशले कानुन दिवसको अवसरमा लडाइँ अझै बाँकी छ भन्नुभएको थियो । लडाइँ को सित बाँकी हो ? सत्तासित लडाइँ बाँकी रहेको भए र राजनीति गर्न खोजेको भए कोट खोलेर आउनुहोला हामी तयार छौँ ।’

संसद्मा रास्वपा सांसदहरूले न्यायिक कार्यबारे संसद्मा प्रश्न उठाएका थिए, जुन संवैधानिक रूपमा वर्जित विषय मानिन्छ । संविधानविपरीत धारणा राख्दा सभामुखले तत्काल रोक्नुपर्ने व्यवस्था रहेको छ । तर, सोमबारको संसद् बैठकमा त्यस्तो देखिएन । बरु उल्टै सभामुख डोलप्रसाद अर्यालले पर्चासहित सरकारको विरोध गरेकोमा श्रम संस्कृति पार्टीका सांसदहरूलाई मर्यादित भएर आफ्ना गतिविधि गर्न निर्देशन दिनुभएको थियो ।

रास्वपाका सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाको अभिव्यक्तिप्रति विपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । सांसदद्वयले कामु प्रधानन्यायाधीश सपना प्रधानको भूमिकामाथि प्रश्न उठाएपछि एमालेका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा उठेर विरोध जनाएका हुन् । सभामुख डोलप्रसाद अर्यालले पटक-पटक बस्न आग्रह गर्दा पनि एमालेका सांसदहरू गुरु बराल, ऐन महर, मोहम्मद इस्तियाक राई लगायतका सांसदहरूले विरोध जारी राखेका थिए । एमालेका सांसदहरूले निरन्तर विरोध जनाएपछि सभामुखले प्रमुख सचेतक ऐन महरलाई बोल्न समय दिनुभएको थियो । प्रमुख सचेतक महरले अदालतमा विचाराधीन मुद्दाको विषय संसद्मा बहस गरेको भन्दै आपत्ति जनाउनुभयो । संसद्मा अदालतको अपमान हुनेगरी सत्तापक्षका सांसदहरूले अभिव्यक्ति दिएको उहाँको टिप्पणी छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘गोलमाल ५’ मा अक्षयकुमार भिलेनको रूपमा देखिने
२०८३ श्रावण २३, शनिबार
आइपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
२०८३ श्रावण २३, शनिबार
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
२०८३ श्रावण २३, शनिबार
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
२०८३ श्रावण २३, शनिबार
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार
राष्ट्र बैङ्कद्वारा आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ श्रावण २३, शनिबार