असोज ६, २०८३ मंगलबार September 22, 2026

ईलामको कालपोखरीमा बीओपी स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि इलामको सन्दकपुरस्थित कालपोखरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।

बुधबार इलामको सन्दकपुर गाउँपालिका–४ मा पर्ने कालपोखरीमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सन्दकपुर गाउँपालिकाले उपलब्ध गराएको स्थानीय कर्मा शेर्पा (लामा) को दुई तले र पाँच कोठे पक्की भवनमा बीओपी स्थापना गरिएको हो ।

बीओपीको उद्घाटनमा प्रदेश नं. १ का सांसद खिनु लाङवा लिम्बु, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई, सशस्त्र प्रहरी बल १ नं बराह बाहिनी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरी, गणपति सशस्त्र प्रहरी उपरीक्षक सुधिरजङ्ग थापा, भारतीय एसएसबीका बीएन जी कोय लगायत उपस्थिति थिए ।

पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा बीओपी स्थापना गर्न थालिएको छ । केही समयअघि मात्रै छब्बिसे, पशुपतिनगरलगायत क्षेत्रमा पनि बीओपी स्थापना गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोग्बेबीच न्यूयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार
हरिपरिवर्तिनी एकादशी आज, भगवान विष्णुको पूजा–आराधना गरिँदै
२०८३ असोज ६, मंगलबार
रास्वपा दोलखाले तोक्यो नौ वटै पालिकामा संयोजक
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री बालेन आज राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क जाँनुहुँदै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच न्युयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै
२०८३ असोज ६, मंगलबार