श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

‘हामी यस्तै त होनी ब्रो’ गाउने र्‍यापर भिटेन पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली युवापुस्ता माझ चर्चित रहेका र्‍यापर भिटेन पक्राउ परेका छन्।

बिहीबार उनलाई जाउलाखेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

भिटेनको चुरोट, कथा, हालखबर, सिमसिमे पानी, लाहुरेको फेसन जस्ता र्‍यापहरु नेपाली युवापुस्ता माझ निकै चर्चित छन्।

उनी भिटेन भनेर चिनिए पनि उनको नाम समिर घिसिङ हो।

उनले पछिल्लो समय ‘हामीयस्तै त हो नि ब्रो’ भन्ने गीत निकालेका थिए। जुन निकै चर्चित बनेको थियो।

सोही गीतमा भएका शब्दहरुमा आपत्ति जनाउँदै भिटेनलाई पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ।

उनले हालै नेपाल प्रहरीको असइको पोसाक लगाएर चुरोट खाइरहेको तस्बिर फेसबुकमा पोस्ट गरेका थिए। साथै गीतमा प्रहरीलाई डन्ठे भनेका थिए।

उनीमाथि कानून अनुसार अनुसन्धान हुने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार