श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

वार्षिक लक्ष्यको ६४ प्रतिशत बजार अनुगमन तीन महिनामै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षमा तय गरेको लक्ष्यको ६४ प्रतिशत बजार अनुगमन तीन महिनामै सम्पन्न गरेको छ । आर्थिक वर्षको तीन महिना अर्थात कात्तिक पहिलो सातासम्म विभागले ६४४ वटा अनुगमन गरेको हो ।

विभागले यस आर्थिक वर्षमा एक हजार वटा बजार अनुगमन गर्ने लक्ष्य लिएको थियो । नयाँ ऐनअनुसार प्रदेश र स्थानीय तहमा पनि बजार अनुगमनको अधिकार प्रत्यायोजन गरेपछि विभागले अघिल्लो वर्षको तुलनामा कार्य क्षेत्र र लक्ष्य संशोधन गरेको छ । उपत्यकाभित्र र बाहिर तीज दशैं, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी तरकारी तथा फलफूल, मासुजन्य पदार्थ, खाद्यान्न, खानेपानी, होटल रेष्टुरेन्ट, लत्ता कपडा, विद्युतीय सामान, भाइमसला, फूलमाला लगायतका क्षेत्रमा अनुगमन गरिएको थियो ।

कात्तिक पहिलो सातासम्मको बजार अनुगमन क्रममा २४५ वटा व्यवसायीविरुद्ध कारबाही गर्दै विभागले ४७ लाख १५ हजार रुपैयाँ जरिवाना रकम संकलन गरेको छ । यस्तै ४६ वटा फर्मको कारोबार रोक्का गरिएको, १२३ व्यवसायिक फर्मलाई स्पष्टीकरण सोधिएको, १९९ वटालाई सुधारका लागि निर्देशन दिएको, ११ वटा फर्मको नमूना परीक्षणका लागि संकलन गरिएको, २ वटा फर्मको अनुसन्धान जारी रहेको विभागले जनाएको छ । अनुगमन क्रममा ३ हजार ५८० रुपैयाँ बराबरको खाद्य वस्तु नष्ट गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार