असोज ६, २०८३ मंगलबार September 22, 2026

अहिलेको लडाँई अग्रगमन र प्रतिगमनबिचको : प्रवक्ता श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले पार्टीभित्र रहेको अन्तरसंघर्ष अग्रगमन र प्रतिगमनबीचको भएको  र अन्त्यमा अग्रगमनको जित हुने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी, देश र जनतालाई विश्वास घात गरेर प्रतिनिधीसभाको आपतकालीन रुपमा विघटन गरी ओली प्रतिगमनको बाटो हिँड्न खोजेको समेत आरोप लगाए ।

मंगलबार राजधानीमा नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीहरुसँगको छलफलमा प्रवक्ता श्रेष्ठले संविधान अनुसार  सर्वोच्चको फैसलाले संसदको पुनर्वाहाली गरी संसद सुचारू हुने समेत दावी गरे ।

संविधानमा भएको प्रावधान अनुसार सरकार बन्न नसक्ने अवस्थामा मात्रै अर्को चुनावमा जान सकिने भन्दै उनले अहिले प्रधानमन्त्रीले सत्ताको दुरुपयोग गर्दै संवैधानिक निकायमाथि हस्तक्षेप बढाउन खोजेको आरोप लगाए ।

प्रवक्ता श्रेष्ठले ‘अदालत, निर्वाचन आयोगमा सेटिङ मिलाएको छ भन्ने हल्ला चलाएको भरमा हुँदैन । सेटिङ मिलाएको भन्नु संवैधानिक निकायमाथिको अवहेलना हो । यदि यी निकायलाई दबाबमा राख्न खोजेमा जनता जाग्नेछन्, यस्तो हुन जनताले दिँदैनन् ,’ उनले भने ।

श्रेष्ठले पार्टीको आधाकारिता र  चुनाव चिन्ह आफूहरुसँगै रहेको पनि दावी गरे । उनले भने,  ‘पार्टी ऐनले प्रस्ट भनेको छ, तत्कालिन पार्टीको बहुमत सदस्य भएको पार्टी मुख्य पार्टी  हो । अर्को पक्षको ४० प्रतिशत पुगेमा पार्टीको मान्यता दिने भनेको छ ।’ त्यसकारण ओलीको पार्टी आधिकारीक हुन नसक्ने समेत उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोग्बेबीच न्यूयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार
हरिपरिवर्तिनी एकादशी आज, भगवान विष्णुको पूजा–आराधना गरिँदै
२०८३ असोज ६, मंगलबार
रास्वपा दोलखाले तोक्यो नौ वटै पालिकामा संयोजक
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री बालेन आज राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क जाँनुहुँदै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच न्युयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै
२०८३ असोज ६, मंगलबार