असोज ६, २०८३ मंगलबार September 22, 2026

सडक मानवरहित प्रदेश बनाउन प्रतिबद्ध छौँ : मुख्यमन्त्री गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सडक मानवरहित प्रदेश बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मानव सेवा आश्रम केन्द्रद्वारा आयोजित मेची महाकाली राष्ट्रिय उद्धार अभियान, २०७७ का अभियन्तालाई आज पोखरामा स्वागत एवं सडक सेवा तथा अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले यसका लागि सबैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गर्नुभयो ।

समाजका विपन्न, असहाय एवं बेसहारा भई सडकमा कष्टकर जीवन बिताउन बाध्य मानवको उद्धार गरेर मानव सेवा आश्रमले मानवीय सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै उहाँले यस पुण्य कार्यमा प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गते बालुवाटारबाट शुभारम्भ गर्नुभएको मेची महाकाली अभियानअन्तर्गत प्रदेश नं १ मा २५६, प्रदेश नं २ मा १२० जना सडक मानवको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष हरि अधिकारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका कास्की, तनहुँ, गोरखा, लमजुङ र स्याङ्जा जिल्लाबाट हालसम्म ६२ जना सडक मानवलाई उद्धार गरिसकिएको बताउँदै उहाँले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कार्यक्रम सञ्चालन गरी नेपाललाई सडक मानवरहित मुलुक घोषणा गर्ने अभियानको लक्ष्य रहेको बताउनुभयो ।

अभियानका क्रममा हात खुट्टाका औँला चुँडिएका, टाउकोमा गम्भीर चोट लागेका, शरीरका विभिन्न भागमा चोटपटक लागेर कष्टकर अवस्थाका सहयोगापेक्षी सडक आश्रित मानवको संस्थाले उद्धार गरिँदै आएको अध्यक्ष अधिकारीको भनाइ छ । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख जीवन श्रेष्ठ, पोखरा महानगरपालिका–१७ वडाध्यक्ष तीर्थराज अधिकारी, कार्यपालिका सदस्य राधिका शाही योगी र सन्तु सुवेदी, मानव सेवा आश्रमका पोखराका अभियन्ता सुष्मा पौडेललगायतले मानव सेवा आश्रमको योगदान र महत्वमाथि प्रकाश पार्नुभएको थियो । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोग्बेबीच न्यूयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार
हरिपरिवर्तिनी एकादशी आज, भगवान विष्णुको पूजा–आराधना गरिँदै
२०८३ असोज ६, मंगलबार
रास्वपा दोलखाले तोक्यो नौ वटै पालिकामा संयोजक
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री बालेन आज राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क जाँनुहुँदै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच न्युयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै
२०८३ असोज ६, मंगलबार