मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भक्तपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा काभ्रेको डाँडाबारीका विकास तामाङ रहेका छन् भने सूर्य विनायक नगरपालिका-७ गुण्डुका १८ वर्षीय विशाल तामाङ घाइते भएका छन् ।

व्यासीतर्फ आउँदै गरेको बा४ख ६०७ नम्बरको बसले भक्तपुर नगरपालिका १० कमलबिनायकमा मंगलबार राति ठक्कर उनीहरुलाई ठक्कर दिएको थियो ।

स्टार बैंकेट अगाडि पार्किङमा राखेको बा७०प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिए लगत्तै बसले र पैदल यात्रु तामाङलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते तामाङको उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते विशालको भने सामान्य अवस्थामा उपचार भइहरको छ ।

बसका चालक भक्तपुर नगरपालिका-१० कमलबिनायकका ४० वर्षीय बलराम ज्याखोलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनले मदिरा सेवन गरेको पाइएको प्रहरीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार