असोज १०, २०८३ शनिबार September 26, 2026

बौद्धिक चोरीमा त्रिविका प्राध्यापक: फ्रान्सेली प्राध्यापकको अनुसन्धान चोरेर आफ्नो नामबाट प्रकाशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले नै विदेशी प्राध्यापकहरूको अनुसन्धान चोरेर आफ्ना नाममा प्रकाशन गरेको पाइएको छ । प्रा.डा. परशुराम मिश्रसहित सातजनाले फ्रान्सका प्राध्यापक आर्मेल ली बेलको ‘क्रिस्टल स्ट्रक्चर’ चोरी गरी भारतका जर्नलमा प्रकाशन गरेको छानबिनबाट खुलेको छ ।

प्राध्यापक बेलले आफ्नो अनुसन्धान चोरी गरी प्रा.डा. मिश्रसहितका व्यक्तिले भारतीय जर्नलमा प्रकाशित गरेको भन्दै त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रारसहितलाई इमेलमार्फत उजुरी गरेका थिए । त्रिविले रसायनशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामचन्द्र बस्नेतको संयोजकत्वमा प्रा.डा. निरञ्जन पराजुली र डा. भानुभक्त न्यौपाने सदस्य रहेको कमिटी बनाएर छानबिन गरेको थियो ।

छानबिनमा प्रा.डा. मिश्र मुख्य र अरू ६ जना कोअर्थर रहेका ११ आर्टिकल जर्नलमा प्रकाशन भएको पाइएको हो । बौद्धिक चोरीमा संलग्न हुने अन्यमा जनक अधिकारी, रोहित देव, युवराज साउ, विमलकुमार कण्ठ, हरेराम मिश्र र कल्पना मिश्र रहेका छन् ।

मिश्र त्रिविको आंगिक महेन्द्र मोरङ क्याम्पसका रसायनशास्त्रका प्राध्यापक हुन् । केही समयअघि मात्रै उनी सेवानिवृत्त भएका छन् । त्यस्तै, अधिकारी, देव र साउ त्रिविमै रसायनशास्त्रमा पिएचडी गर्दै छन् । अधिकारी र साउ त्रिविका प्राध्यापक पनि हुन् ।

उनीहरूले ‘क्रिस्टल स्ट्रक्चर’को डेटा तोडमोड गरी आफ्ना नामबाट प्रकाशन गरेको छानबिनबाट खुलेको छ । थप आधा दर्जन जर्नलमा छापिएका आर्टिकलमा समेत उनीहरूले चोरी गरेको आशंका भए पनि पुष्टि भएको छैन । ११ वटै प्रकाशनमा प्रा.डा. मिश्र ‘करेस्पोन्डेन्ट’ र बाँकी ६ जना फरक–फरकमा ‘कोअर्थर’ रहेका छन् ।

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले प्रा.डा. मिश्रलगायतले ‘फेक’ काम गरेर आर्टिकल प्रकाशित गरेको छानबिनबाट पुष्टि भएको बताए । ‘मिश्रका पब्लिकेसन्सले त्रिविकै बेइज्जत भएको छ,’ उनले भने ।

त्रिविले बौद्धिक चोरीमा संलग्नमाथि सामान्य कारबाही गरेको छ । उपकुलपति बाँस्कोटाका अनुसार छानबिन प्रतिवेदन आइसकेपछि फ्रान्सेली प्राध्यापक बेल र प्रकाशन गर्ने भारतीय जर्नललाई आर्टिकल ‘फेक’ भएको जानकारी गराइएको छ ।

साथै, मिश्रसहितका अनुसन्धानलाई रद्द गर्ने तथा पिएचडी गर्दै गरेकालाई सचेत गराउने निर्णय भएको छ । छानबिन कमिटीले ११ आर्टिकललाई ‘रिट्र्याक्ट’ गर्नुपर्ने, सातजनालाई त्रिविमा अध्ययन अनुसन्धानमा दुई वर्ष निलम्बन गर्न सिफारिस गरेको थियो ।

किन हुन्छ चोरी ?

त्रिविमा प्रवेश पाउनका लागि अंक बढाउन बौद्धिक चोरी हुने गरेको त्रिविका अधिकारी बताउँछन् । उपप्राध्यापक र अन्य व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा आर्टिकल प्रकाशन गरेबापत अंक प्राप्त हुने र त्यसले पदस्थापन तथा बढुवामा सहयोग पुग्ने, बायोटाडा बढ्ने भएकाले केही व्यक्तिले बौद्धिक चोरीसमेत गर्ने उनीहरूको तर्क छ । नयाँ पत्रीका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
बाढी तथा पहिरोका कारण बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
२०८३ असोज १०, शनिबार
साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी
२०८३ असोज १०, शनिबार
नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा
२०८३ असोज १०, शनिबार