असोज १०, २०८३ शनिबार September 26, 2026

नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सिद्धार्थ बोर्डिङ स्कुललाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कञ्चनपुरको बेलौरी नगरपालिका सामाजिक विकास समितिले आयोजना गरेको तेस्रो माध्यमिक तह नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सिद्धार्थ बोर्डिङ स्कुल विद्यानगरले हात पारेको छ ।

बुधवार आयोजित प्रतियोगितामा प्रथम भएको सिद्धार्थलाई पन्ध्र हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको बेलौरी नगरपालिका सामाजिक विकास समितिका संयोजक अर्जुन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार हाजिरी जवाफ प्रतियोगितामा महाकाली मावि विद्यानगर द्वितीय भएको छ । द्वितीय भएको महाकालीलाई बाह्र हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यस्तै, प्रतियोगितामा विज्डम एकेडेमी रिछाहा तृतीय भएको छ । तृतीय भएको विज्डमलाई नौ हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । महाकाली माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय गरी जम्मा १७ ओटा विद्यालयको सहभागिता रहेको थियो ।
विजेता टिमलाई नगर उपप्रमुख चित्र कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, शिक्षा शाखाका विद्यालय निरीक्षक देव बहादुर चन्द लगायतले पुरस्कार वितरण गर्नुभएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि एवं बेलौरी नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरीले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइने बताउनु भयो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले प्रतियोगितामा सहभागी सबै विद्यालयहरूलाई धन्यवाद र प्रतियोगितामा उत्कृष्ट विद्यालयहरूलाई बधाई ज्ञापन गर्नुभयो । त्यसअघि, प्रतियोगिताको उद्घाटन बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले गर्नुभएको थियो । कार्यक्रमको सभाध्यक्षता बेलौरी नगरपालिका सामाजिक विकास समितिका संयोजक अर्जुन ढकालले गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
बाढी तथा पहिरोका कारण बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
२०८३ असोज १०, शनिबार
साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी
२०८३ असोज १०, शनिबार
नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा
२०८३ असोज १०, शनिबार