असोज १०, २०८३ शनिबार September 26, 2026

आगामी जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ ।

नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित विभिन्न पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै आगामी जेठ ३० गते स्ववियु निर्वाचन गर्नेगरी विश्वविद्यालय र विद्यार्थीबीच सहमति भएको हो ।

विश्वविद्यालयले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ । नेविसङ्घ विश्वविद्यालय समिति र विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी रहेका बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने, कोभिड–१९ का कारण ढिलो गरी सञ्चालित परीक्षाको नतिजा यथाशीघ्र प्रकाशित गर्ने, त्रिविको शैक्षिक क्यालेण्डरलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको नेविसङ्घका पूर्व कोषाध्यक्ष शिव रिमालले जानकारी दिनुभयो ।

यस्तै, त्रिवि समाजशास्त्र केन्द्रीय विभागको समस्या समाधान गर्ने सन्दर्भमा आवश्यक छलफल एवं परामर्श गरी दुई महिनाभित्र राय सुझाव पेश गर्न तीन सदस्यीय समिति गठन गर्ने सहमति भएको छ ।

सहमति पत्रमा विश्वविद्यालयको तर्फबाट शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल र नेविसङ्घ विश्वविद्यालय समितिको तर्फबाट अध्यक्ष डा श्यामकृष्ण अधिकारीले हस्ताक्षर गर्नुभएको छ । अनशनरत विद्यार्थीलाई शिक्षाध्यक्ष प्राडा भुसालले जुस खुवाएर अनशन तोडाउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
यूएन महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता
२०८३ असोज १०, शनिबार