असोज १०, २०८३ शनिबार September 26, 2026

पढाइ सञ्चालन गर्न माग गर्दै विद्यार्थीद्वारा चौधारी माध्यमिक विद्यालयमा तालाबन्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् ।

चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले शिक्षकले पढाइ नगरेको र तत्काल पढाइ सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गराएका हुन् ।

विद्यालयले लामो समयसम्म आइएससीएजीका विद्यार्थीलाई शिक्षकले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि पढाइ नभएको भन्दै आफूहरुले विद्यालयमा तलाबन्दी गरेका विद्यार्थीले बताएका छन् ।

विद्यार्थीले पटकपटक विद्यालयमा पढाइ निरन्तरताका लागि अनुरोध गरे पनि शिक्षक र विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ ।

पटकपटक शिक्षकले अटेरी गरेपछि यही चैत १६ गतेदेखि विजय खातीको संयोजकत्वमा तालाबन्दी गरिएको बताइएको छ । विद्यालयमा तालाबन्दी भएपछि आइएससीएजी र कक्षा ९ तथा १० का विद्यार्थीको पठनपाठनमा बाधा भएको छ । आइएससीएजीमा २५ विद्यार्थी विद्यालयमा अध्यनरत छन् ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्र मिश्रले तलब सम्बन्धमा भएर शिक्षक उपस्थित नहुँदा पठनपाठन अवरुद्घ भएको बताउनुभयो । साथै विद्यार्थीले पनि जानकारी बिना नै तालाबन्दी गरेको र कुरा गर्न खोज्दाबीचमा चार÷पाँच दिन सार्वजनिक बिदा भएको हुँदा माग पूरा गर्न नसकेको जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
२०औँ एसियाली खेलकुद : ब्याटमिन्टन पुरुष एकलतर्फ नेपाल इरानसँग पराजित
२०८३ असोज १०, शनिबार
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
२०८३ असोज १०, शनिबार
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार