श्रावण ३, २०८२ शनिबार July 19, 2025

कांग्रेसमा उपनिर्वाचनअघि नेविसंघ र विभाग गठनको विषयले टुंगो नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ४ मंसिरमा हुने उपनिर्वाचनअघि कांग्रेसमा नेविसंघको तदर्थ समिति र विभाग गठनको विषयले टुंगो नपाउने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सात महिनादेखि खाली रहेको नेविसंघ र अहिलेसम्म बन्न नसकेका विभागको विषय उपनिर्वाचनपछि मात्रै टुंगिने जानकारी दिएका छन ।

‘हाम्रो अबको सबै ध्यान उपनिर्वाचनमा कांग्रेसलाई सफल बनाउनका लागि हुनेछ,’ प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ पत्रिकासित भने, ‘त्यसैले आन्तरिक विषयमा अब उपनिर्वाचनपछि मात्रै टुंग्याउने गरी अघि बढ्छौँ ।’

नियमित र थप गरिएको समयमा पनि १२औँ महाधिवेशन हुन नसकेपछि अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघमा तदर्थ समिति गठन गरेर महाधिवेशन गर्ने सहज विकल्प कांग्रेस नेतृत्वलाई थियो । तर, ३२ वर्षमुनिको वा माथिको नेतृत्वको विवादले नै नेविसंघको विषय अलपत्र पर्दै आएको छ ।

दुई साताअघि सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षलाई आफूले अध्यक्ष बनाउने भन्दै केही पदाधिकारीको नाम दिन आग्रह गरेका थिए । तर, झन्डै ५० वर्ष उमेर पुग्न लागेको नेताको अध्यक्षतामा तदर्थ समिति गठन हुन लागेको भन्दै यस्तो तयारीमा विवाद हुन पुग्यो ।

सभापति देउवाले २८ विभागलाई फोरेर नेता कार्यकर्ता व्यवस्थापन गर्न खोजेको भन्दै अर्को पक्षले असन्तुष्टि जनाएपछि देउवालाई असजिलो परेको हो । नियमित विभाग नै चार वर्षसम्म गठन नगर्ने तर महाधिवेशनको मुखमा विभाग फोरेर नेताहरूलाई आफ्नो प्रभावमा पार्न खोजेको भन्दै उनको यो प्रयासको पौडेल र सिटौला पक्षले विरोध गर्दैआएका छन् । विवादित विषयमा हात हाल्दा निर्वाचनमा गुटगत असन्तुष्टि देखिने भन्दै यो विषयलाई पनि उपनिर्वाचनसम्म थाती राख्ने सोचमा देउवा पुगेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार
काँग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड
२०८२ श्रावण ३, शनिबार