असोज १०, २०८३ शनिबार September 26, 2026

जेठमा तय गरिएका परीक्षा सोहीअनुसार नै सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने जानकारी उहाँले दिनुभयो ।

कोरोनाको नयाँ ग्राफ कसरी अगाडि बढ्छ भन्ने आधारमा तत्काल कुनै नयाँ निर्णय हुनसक्ने सम्भावनासमेत रहेको भन्दै उहाँले हाल परीक्षाको कार्यतालिका हेरफेर सम्बन्धमा नसोचिएको र कुनै छलफलसमेत नभएको जानकारी दिनुभयो । यसमा स्थानीय तहहरूले पनि विद्यालयलाई सचेत गराउनुपर्ने र आवश्यकताअनुसार अनुगमनसमेत गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सुरक्षा सबैले अपनाउनुपर्ने स्पष्ट गर्दै आउँदो जेठ, असार महिनामा कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्न सक्ने भन्नुभएको थियो । स्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेतावनीसमेत उहाँले दिनुभएको थियो ।

छिमेकी मुलुक भारतमा सङ्क्रमण उच्च गतिमा बढ्दो क्रममा रहेकोले त्यसको असर नेपालमा समेत पर्न सक्ने भन्दै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिनुभएको थियो । उहाँको यो धारणासँगै विद्यालय तहको परीक्षा कार्यतालिकामा हेरफेर हुनसक्ने आकलन गरिए पनि शिक्षाका अधिकारीहरूले अहिलेसम्म यस विषयमा नसोचिएको स्पष्ट पारेका हुन् । पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै कक्षा १० र १२ को परीक्षाको तयारी अघि बढेको जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ १३ गतेदेखि गर्ने निर्णय गरिसकेको छ । यसका साथै जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । सरकारले जेठभित्र विद्यालय तहका अन्य कक्षाको परीक्षा पनि पूरा गर्न र असारबाट नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने निर्णय गरेकोले सबै कक्षाको अन्तिम परीक्षा जेठभित्रै सक्नुपर्ने अवस्था छ ।

बोर्डले कार्यतालिकामा परिमार्जन गरेबाहेक परीक्षामा कुनै परिमार्जन नहुने जनाएको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले जेठभित्र परीक्षा सक्न सरकारले समय दिएपछि आफूहरूले परीक्षाको कार्यतालिका दिएको स्पष्ट गर्दै कोरोनाका कारण अहिले नै कार्यतालिकामा परिमार्जन गरिने अवस्था नरहेको बताउनुभयो । शैक्षिक सत्रको टुङ्गो लगाउने जिम्मेवारी सरकारको रहेकोले यसमा बोर्डको कुनै नयाँ निर्णय हुन नसक्ने उहाँले स्पष्ट गर्नुभयो ।

कक्षा ११ को असारमा गर्न सकिने

विद्यालयहरूले कक्षा ११ को परीक्षा असारमा लिन सक्ने भएका छन् । बोर्डका अध्यक्ष डा. पौडेलले कक्षा ११ को पठनपाठन पूरा गर्न समय लिन सक्ने भन्दै असारमा कक्षा ११ को परीक्षा गर्ने सम्भावना देखिएको बताउनुभयो । कक्षा ११ को परीक्षाको कार्यतालिका र परीक्षा सञ्चालन विद्यालयले नै गर्न सक्ने अधिकार बोर्डले दिएको छ । विद्यालयले आन्तरिक कार्यतालिका मिलाएर परीक्षा लिन सक्ने जानकारी बोर्डले दिएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
यूएन महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता
२०८३ असोज १०, शनिबार