जेठ १८, २०८० बिहिबार June 1, 2023

५ थान एसएमजी राइफल बरामद, विप्लव समूहले लुकाएकाे आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल प्रहरीले कपिलवस्तुको शिवनगरबाट ५ थान एसएमजी राइफलसहित त्यसमा प्रयोग हुने म्यागजिन र गोली बरामद गरेको छ । नियन्त्रणमा लिइएका हतियार तथा गोली विप्लव समूहको भएको प्रहरी दाबी छ ।

कपिलवस्तुको शिवनगर नगरपालिका–१ बाट शुक्रबार साँझ ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिएका छन ।

विप्लव समूहले हतियार ल्याउँदैछ भन्ने ५ नं. प्रदेश प्रहरी कार्यालय, दाङको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोली खोजीमा जुटेको थियो । त्यही टोलीले कपिलवस्तुको शिवनगरस्थित एक गोठबाट सुटकेसभित्र राखिएको अवस्थामा ती हातहतियार नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।

बरामद हतियार विप्लव समूहको हुनसक्ने आशंका प्रहरीको छ । यद्यपि, यसको पुष्टि भने हुन सकेको छैन । दाङ प्रहरीका अनुसार, यसबारे अनुसन्धान भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
२०८० जेठ १८, बिहिबार
चितवन राष्ट्रिय निकुञ्जबाट हतियारसहित दुई जना प्रहरीकाे नियन्त्रणमा
२०८० जेठ १८, बिहिबार
राष्टपतिद्धारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त (सूचीसहित)
२०८० जेठ १८, बिहिबार
यस्ताे छ आजकाे बिदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १ सय ४१ नाघ्याे
२०८० जेठ १८, बिहिबार
राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण, राजपत्रमा प्रकाशित भएपछि लागू हुने
२०८० जेठ १८, बिहिबार
तपाईं चिया पिउनुहुन्छ ? यो १ गल्तीले पार्न सक्छ तपाईंलाई अप्ठ्यारो
२०८० जेठ १८, बिहिबार
डायलायसिस सेवा पुनः सञ्चालनमा
२०८० जेठ १८, बिहिबार