असोज १०, २०८३ शनिबार September 26, 2026

काठमाडौं उपत्यकासहित १४ जिल्लामा विद्यालय सञ्चालन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित १४ जिल्लालाई कोरोना सङ्क्रमणको अति प्रभावित क्षेत्रका रुपमा वर्गीकरण गर्दै बढी भिडभाड हुने स्थल र विद्यालय नजान आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले एक अपिल पत्र जारी गर्दै अति प्रभावित क्षेत्रका विद्यालय तथा भिडभाड हुने सबै स्थल, सेवाहरू सञ्चालन नगर्न र सर्वसाधारणलाई समेत सहभागी नहुनका लागि अपिल गरेको हो ।
उपत्यकाका तीन जिल्लासहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लूङ जिल्लालाई अति प्रभावित क्षेत्रका रुपमा राखिएको छ ।
मन्त्रालयले सबै अस्पतालहरूले अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न, कोरोना परीक्षणका लागि नमुना सङ्कलन र परीक्षणको व्यवस्थापन गर्न आग्रह गरेको छ ।
सबै सरकारी अस्पतालहरूले कम्तीमा ५० प्रतिशत बेडहरू कोरोना सङ्क्रमितलाई व्यवस्थापन गर्न र विदेशी नागरिकहरूको पीसीआर नतिजा नेगेटिभ आएकालाई मात्रै होटलमा बास राख्न मन्त्रालयको आग्रह छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
यूएन महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता
२०८३ असोज १०, शनिबार