असोज १०, २०८३ शनिबार September 26, 2026

विद्यालयलाई जुट्यो ५० लाख सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बागलुङको  गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले थालेको ‘जनहित शैक्षिक सहयोग (कोषवृद्धि)’ अभियानमार्फत रु ५० लाख सङ्कलन भएको छ । अभियानमा हालसम्म ३०० भन्दा बढी दाता जोडिएको विद्यालयले जनाएको छ ।

विद्यालयको शैक्षिक/भौतिक सुधारका लागि आर्थिक स्थिति मजबुत बनाउन गत वर्षदेखि सहयोग अभियान चलाइएको थियो । देश विदेशमा रहेका विद्यालयका पूर्वविद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, समाजसेवी, शिक्षाप्रेमीलगायतले आर्थिक सहयोग गरेको अभियानका संयोजक राज थापाले बताउनुभयो ।

संयोजक थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले संयुक्तरुपमा रु आठ लाख प्रदान गरी अभियानको शुभारम्भ गर्नुभएको थियो । कोरोना भाइरस महामारीले गत वर्ष अभियान प्रभावित भए पनि स्थिति केही सहज भएपछि पुनः अभियान अगाडि बढाइएको थियो । “एक करोडको कोष बनाउने लक्ष्य छ, अभियान अर्को वर्षसम्म निरन्तर चल्छ”, संयोजक थापाले भन्नुभयो । विद्यालयले गत वर्षदेखि कक्षा ११ सञ्चालनमा ल्याएको थियो । कक्षा १२ सञ्चालन अनुमतिका लागि प्रक्रिया थालिएको छ । कक्षा ११ र १२ नियमित सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारीका काममा समेत कोषबाट आउने ब्याज रकम खर्च गरिने भएको छ ।

कोषवृद्धि अभियानमा जोडिएर सहयोग गर्ने दातालाई नयाँ वर्षको अवसरमा विद्यालयले सम्मानसमेत गरेको थियो । रु ५० हजारभन्दा माथि सहयोग गर्ने २४ दातालाई नौमती बाजासहित ताम्दानीमा राखेर समारोहस्थलमा सयर गराइएको थियो । विद्यालयलाई सहयोग गरेका मनकारी दाता उक्त सम्मान पाएपछि खुशी देखिन्थे । आफूले गरेको सहयोग विद्यालयको स्तरवृद्धि र शैक्षिक सुधारका क्षेत्रमा खर्च होस् भन्ने चाहना दाताको छ । समुदायस्तरबाट विद्यालयको विकासका लागि स्वतःस्फूर्तरूपमा सहयोग जुटेकामा धेरैले अभियानको प्रशंसा गरेका थिए ।

बालबालिकालाई प्रविधिमैत्री गुणस्तरीय शिक्षाको अवसर दिलाउन विद्यालयले योजना बनाएर काम थालेको विद्यालयका प्रधानाध्यापक देवबहादुर खत्रीले बताउनुभयो । प्रयोगशाला, विद्युतीय पुस्तकालय, शैक्षिक सामग्री, उपकरण, शिक्षण सिकाइ, क्षमता अभिववृद्धिलगायतका क्षेत्रमा कोषलाई परिचालन गरिने उहाँको भनाइ छ ।

हाल कक्षा ५ सम्म रहेको अङ्ग्रेजी माध्यमलाई कक्षा १० सम्म पु¥याउने विद्यालयको लक्ष्य छ । विसं २०२१ मा खुलेको विद्यालयले भौतिक सुधारतर्फ पनि विस्तारै फड्को मार्दैछ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा यही वर्ष चार कोठे भवन बनेको छ । जनश्रमदान र निजी स्रोतबाट गत वर्ष चार कोठे भवन बनाइएको थियो ।

अङ्ग्रेजी माध्यमसहित गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि विद्यालयले पहल थालेपछि विद्यार्थीको आकर्षण पनि बढ्न थालेको छ । दाताको सम्मानसहित सोही समारोहमा विद्यालयले नेपाली सङ्गीत जगतमा योगदान पु¥याएका आफ्ना पूर्वविद्यार्थीलाई समेत सम्मान गरेको विव्यस अध्यक्ष थापाले जानकारी दिनुभयो ।

सम्मानित हुनेमा लोकगायक÷कलाकार विष्णु खत्री, वसन्त थापा, दुर्गेश थापा, आशिष अविरल, कर्ण विद्रोही, ईश्वर सिंह, राम खत्री र जीवन साहनी हुनुहुन्छ । समारोहमा अतिथि कलाकारका रुपमा अभिनेता पल शाह, गायिका समीक्षा अधिकारीलगायत सम्मानित भएका थिए ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
२०औँ एसियाली खेलकुद : ब्याटमिन्टन पुरुष एकलतर्फ नेपाल इरानसँग पराजित
२०८३ असोज १०, शनिबार
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
२०८३ असोज १०, शनिबार
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार