असोज १०, २०८३ शनिबार September 26, 2026

वैशाख ९ गतेदेखि सम्पूर्ण विद्यालय बन्द !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः यही वैशाख ९ गतेदेखि टोखा नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द हुने भएको छ । दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै टोखा नगरपालिकाले वैशाख ९ देखि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमण दर फैलन नदिन प्याब्सन, एनप्याब्सन र सामुदायिक विद्यालयका सबै विद्यार्थी तथा शिक्षकहरुसँग छलफल गरेर विहिबार देखि विद्यालय बन्द गर्न लागेको जानकारी दिनुभयो ।

उनले भने, “वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोना सम्बन्धि विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख ९ देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य तथा सुरक्षाकाे मापदण्ड पालना गरेर वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।”

उनका अनुसार टोखाले नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेशन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईनेछ ।

टोखामा अहिले ८ सामुदायिक, ८४ निजी र ३५ वटा मन्टेश्वरी विद्यालय सञ्चालनमा रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
२०औँ एसियाली खेलकुद : ब्याटमिन्टन पुरुष एकलतर्फ नेपाल इरानसँग पराजित
२०८३ असोज १०, शनिबार
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
२०८३ असोज १०, शनिबार
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार