असोज १०, २०८३ शनिबार September 26, 2026

कुश्माका विद्यालय एक साता बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोरोना सङ्क्रमण समुदायमा बढ्न थालेपछि पर्वतको कुस्मा नगरपालिकाले विद्यालयको पठनपाठन एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको आज बसेको बैठकले कुस्मा नगरपालिका भित्रका विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठन भोलिबाट बन्द गर्ने र वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख रामचन्द्र जोशीले सिमाना जोडिएको बागलुङको बलेवामा व्यापकरुपमा कोरोना सङ्क्रमण फैलिएको र कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत सङ्क्रमित भएको हुनाले विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । तर, विद्यालय बन्द भए पनि अनलाइन विधिबाट पढाई सञ्चालन गर्न निर्देशन दिइएको जोशीले बताउनुभएको छ ।

कोरोना सङ्क्रमण जिल्लामा फैलिँदै गएको भन्दै कुस्मा नगरपालिकाले आजदेखि अत्यावश्यक बाहेक कार्यालयको सेवा पनि एक हप्ता सम्मका लागि बन्द गरेको छ ।

सङ्क्रमणको अवस्था हेरेर विद्यालय बन्दको समयावधि थपघटको निर्णय गर्न सकिने गरी बन्दको निर्णय गरिएको नगरप्रमुख जोशीले बताउनुभयो ।

कुश्मामा कोरोना सङ्क्रमण फैलिन नदिन मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ । सभा, सम्मेलन, भेला, जुलुस लगायतका क्रियाकलाप पूर्णरुपमा बन्द गरिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
२०औँ एसियाली खेलकुद : ब्याटमिन्टन पुरुष एकलतर्फ नेपाल इरानसँग पराजित
२०८३ असोज १०, शनिबार
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
२०८३ असोज १०, शनिबार
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार