असोज १०, २०८३ शनिबार September 26, 2026

प्रश्नपत्र आउट गर्ने कर्मचारीसहित १० जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः परीक्षा शुरु हुनु अगाडि नै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा कर्मचारीसहित १० जना पक्राउ परेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ सङ्काय स्नातक दोस्रो सेमेस्टरको भौतिक शास्त्र विषयको गत वैशाख ३ गते परीक्षा हुनुभन्दा दुई घण्टा अगावै प्रश्न पत्र बाहिरिएको थियो । आइतबार पत्रकार सम्मेलन गर्दै मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले परीक्षा अगाडि नै प्रश्न पत्र बाहिरिएको घटनामा संलग्न भएको आरोपमा कर्मचारीसहित १० जना पक्राउ परेको बताएका छन् ।

विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहायक विराटनगर–८ का ४४ वर्षीय कोमल प्रसाद गौतम, सङ्खुवासभाको मादी–६ का ३५ वर्षीय गोपाल कार्की, रुपन्देही तिलोचन–१२ का ३० वर्षीय विजय पोखरेल, गोर्खाको भीमसेन थापा–१ का ३२ वर्षीय मीनप्रसाद भट्ट र गोर्खाकै गण्डगी गाउँपालिका–३ का ३२ वर्षीय भरत पन्त पक्राउ परेका छन् ।

त्यस्तै गोर्खा नगरपालिका–४ का २६ वर्षीय विकाश खड्का, सिन्धुपाल्चोक बाह्रबिसे–४ का २८ वर्षीय निर्मल खड्का, महोत्तरीको रामगोपालपुर–९ का २९ वर्षीय नानी पथ मण्डल, सप्तरीको वोदेवरसाइन–७ का २९ वर्षीय जीवनकुमार यादव र सप्तरीकै कृष्णसवरण–५ घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादवलाई पक्राउ गरेको एसपी खड्काले बताए ।

पक्राउ परेका विरुद्ध शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम मुद्दा चलाउन आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
२०औँ एसियाली खेलकुद : ब्याटमिन्टन पुरुष एकलतर्फ नेपाल इरानसँग पराजित
२०८३ असोज १०, शनिबार
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
२०८३ असोज १०, शनिबार
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार